
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा तीन नेताबीच छलफल भएको हो। उनीहरुबीच सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेर छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।
शीर्ष तीन नेताहरूबिचको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए।
प्रतिक्रिया