Pura Samachar

आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी खेल्दै

प्रकाशित: December 26, 2023
पूरा समाचार

आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी खेल्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी खेल्दै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ः३० बजेदेखि खेल हुनेछ ।प्रतियोगितामा काठमाडौं तेस्रो र ललितपुर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफमा पोखरा थण्डर्ससँग खेल्ने छ ।

प्रतिक्रिया