
काठमाडौं । भारत र दक्षिण अफ्रिकाको दुई खेलको टेस्ट सिरिज आज सुरु हुँदैछ । सेन्चुरियनमा हुने ‘बोक्सिङ डे’ टेस्ट दिउँसो पौने २ बजे सुरु हुनेछ।
भारतले इंग्ल्यान्ड, न्यूजिल्यान्ड र अस्ट्रेलियासहित अन्य एसियाली टोलीलाई उनीहरुकै मैदानमा पराजित गरे पनि हालसम्म दक्षिण अफ्रिकाविरुद्ध उसको मैदानमा कुनै टेस्ट सिरिज जित्न सकेको छैन । यो सिरिज दुबै टोलीका लागि वर्ल्ड टेस्ट च्याम्यिनसिपको फाइनल पुग्न महत्वूर्ण छ ।
भारतले हालसम्म दक्षिण अफ्रिकाविरुद्ध उसको घरमा ८ टेस्ट सिरिज खेलेको छ । जसमध्ये सुरुवाती ४ सिरिजमा दक्षिण अफ्रिका विजयी हुँदा भारत २०१० मा पहिलो पटक सिरिज बराबरी गर्न सफल भएको थियो । त्यसपछि खेलिएका ३ टेस्टमा भारत पराजित भएको थियो । दुई टोलीबीच हालसम्म समग्रमा १५ टेस्ट सिरिज हुँदा भारतले ४ र दक्षिण अफ्रिकाले ८ सिरिज जितेको छ ।
अर्को बोक्सिङ डे टेस्टमा अहिले पाकिस्तान र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन् । भ्रमण टोली पाकिस्तानले ट्रस जितेर फिल्डिङ रोजेपछि अहिले अस्ट्रेलिया ब्याटिङ गरिरहेको छ । ३ खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अघि छ ।
प्रतिक्रिया