
काठमाडौँ । बजार निरन्तर तेस्रो दिन समेत ओरालो लागेको छ । बजार निरन्तर तीन दिनसम्म ओरालो लाग्दा ७१.०३ अकंले घट्न पुगेको हो । केहि महिना यता निरन्तर बजार ओरालो लाग्दा घाटामा रहेका लगानीकर्ता बजार बढेसँगै नाफा बुक गर्ने तिर लागे पनि सेयर बजारमा करेक्सन देखिएको आंकलन गरीएको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सेयर बजार सुधारका लागि गम्भिर गृहकार्य गरी रहेको बताएका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, ‘पूँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा म चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्यमा छु।’ प्रधानमन्त्री तह बाटै सेयर बजारका कुरा उठ्नु लगानीकर्ताले सकारात्मक रुपमा हेरका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२३ अकंले घटेर २०७०.८४ बिन्दुमा बन्द भएको हो । बुधबार ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपौयाँको कारोबार भएको हो ।
आज ११ उपसूचक राताम्य भएका हुन् । बुधबार म्युचुअल फण्ड समूहको ०.५३ प्रतिशत र निर्जीवन बीमा समूहको १.१६ प्रतिशतले सेयर मूल्य बढेको हो ।
प्रतिक्रिया