Pura Samachar

सुनको मूल्यले नयाँ रेकर्ड कायम

प्रकाशित: December 28, 2023
पूरा समाचार

सुनको मूल्यले नयाँ रेकर्ड कायम

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार सुन आजसम्म कै उच्च मूल्यमा कारोबार भइरहेको हो । गत मंसिर १८ गते एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएर रेकर्ड राखेको सुनले उक्त रेकर्डलाई ब्रेक गरेको हो ।

आज छापावाला सुनको मूल्य एक लाख २२ हजार र तेजावी सुनको मूल्य एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन आज तोलामा एकै दिन १३ सय रुपैयाँले बढेको हो ।त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४९०रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया