Pura Samachar

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उडाउँदै सर्वोच्च अदालतमा मुद्दा

प्रकाशित: December 28, 2023
पूरा समाचार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उडाउँदै सर्वोच्च अदालतमा मुद्दा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उडाउँदै सर्वोच्च अदालतमा मुद्दा परेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम योग्यता नै नपुगि गभर्नर नियुक्त भएको भन्दै सर्वोच्चमा रिट परेको हो ।

अधिवक्ता दीपकराज जोसीसहित ४ जना अधिवक्ताले बुधबार नै सर्वोच्चमा रिट निवेदन दर्ता गराएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद अधिकारीले अर्थपथलाई जानकारी दिए । उक्त रिटमा अधिकारीलाई गभर्नर नियुक्त गर्ने नेपाल सरकार, मन्त्री परिषद, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्र बैंककै सञ्चालक समिति र गभर्नर महाप्रसाद अधिकारीलाई समेत प्रतिबादी बनाइएको छ ।

प्रतिक्रिया