
पुस १३, २०८०, काठमाडौं। आहा रारा पोखरा गोल्डकप फुटबलको २३ औँ संस्करण आगामी माघमा हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता माघ ९ देखि २० गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएपछि प्रतियोगिताको तयारी सुरु गरिएको सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरू, मोफसलका टिम तथा आयोजक सहारा क्लबले सहभागीता जनाउने छन् । प्रतियोगिता अन्तर्गतका खेलहरु पोखरा रंगशालास्थित फुटबल मैदानमा सञ्चालन हुनेछ । गत संस्करणको उपाधि काठमाडौँको संकटा क्लबले जितेको थियो ।
प्रतिक्रिया