Pura Samachar

नेपाल पुलिस क्लब र पर्सा क्लब ११ नेपाल प्रो क्लब टी–२० क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश

प्रकाशित: December 29, 2023
पूरा समाचार

नेपाल पुलिस क्लब र पर्सा क्लब ११ नेपाल प्रो क्लब टी–२० क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश

पुस २०८० | काठमाडौं नेपाल पुलिस क्लब र पर्सा क्लब ११ नेपाल प्रो क्लब टी–२० क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा पुलिसले भारतको वन्डर्स् क्लब नोयडालाई ४ रनले हरायो । १ सय १३ रनको लक्ष्य पछ्याएको नोएडाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउनु सफल भयो । उसका लागि वंश वेदीले सर्वाधिक ४३ रन जोडे । पुलिसका सागर ढकालले ३, राशिद खानले २ तथा ललित राजवंशी र शेर मल्लले १÷१ विकेट लिए । त्यसअघि, नोयडाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । पुलिसको जितमा अर्जुन साउदले ४२ रनको योगदान गरे । पुलिसका अलिप्त गुप्ताले २ विकेट लिए ।

यसअघि, आजै भएको पहिलो सेमिफाइनलमा पर्साले नेपाल आर्मी क्लबलाई ३१ रनले पराजित ग¥यो । १ सय रनको लक्ष्य पछ्याएको आर्मी १६ ओभर २ बलमा ६८ रन जोड्दै अलआउट भयो । आर्मीका कुशल मल्लले १९ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पर्साका सन्दीप लामिछानेले ३ तथा अनिल शाह, पवन सरार्फ र साम्सद मानसुरीले २–२ विकेट लिए । त्यसअघि आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको पर्साले १९ ओभर ४ बलमा अलआउट हुँदै ९९ बनाएको थियो । पर्साका लागि साम्सद मानसुरीले १७ जोडे । आर्मीका सोमपाल कामीले ४ विकेट लिए । प्रतियोगिताको उपाधिका लागि भोली पर्सा र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानका लागि भोली नै आर्मी र नोएड भिड्ने छन् ।

प्रतिक्रिया