वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा सफल रहने योग छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला । बन्दव्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व देवाधिदेव महादेवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): यो सातमा बोलीको प्रभाव बढ्नेछ नयाँ कमको थालनी हुनेछ । पढाइमा प्रगति नै हुनेछ । कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण मिल्नेछ । प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ । नयाँ काम सुरु गर्ने समय छ । धर्मकर्ममा मन लाग्नेछ । मध्य सातामा स्वास्थ्य प्रति सजगता अपनाउन एकदमै जरूरी छ । यो साताका लागि शुभ अङ्क ८,९ र शुभ रङ्ग खैरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवीको दर्शन गरि आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): यो साता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । टाढा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । धन सञ्चयको अवसर प्राप्त हुनेछ र हराएको आत्मविश्वास जाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । रमाइलो यात्रा पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यो सातामा विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ । गरेको कार्यमा अवरोध आउला । तर्क, विवाद र प्रतिस्पर्धाबाट टाढै रहनु होला । मनमा दबाब र तनाव बढेको महसुस हुनेछ । साताको अन्त्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । पुँजीबजारको क्षेत्रमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): यो साता धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । परोपकारी कार्यमा संलग्न भइनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । परोपकारी कार्यमा संलग्न भइनेछ । । पुँजीबजारको क्षेत्रमा रुचि पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्राविधिक काममा विशेष सफलता प्राप्त मिल्नेछ । घुमफिरमा आकर्षण बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धार्मिक कार्य सफल रहनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । साताको मध्यमा महत्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यो सातामा नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । ढिलै भएपनि अधुरा काम सम्पन्न होला । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो र रातो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): यो सातामा आहार विहार प्रति साबधानी अपनाउनु पर्छ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । यात्रामा मालसामान हराउन पनि सक्छ । प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । बुधवारबाट रमाइलो यात्राको योग रहेको छ । सेयर कारोबारमा रुचि बढ्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग पनि छ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): यो साता धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । प्राविधिक तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । अहिलेको मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): यो सातामा रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमीबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक कार्यमा सहजता मिल्नेछ । शुभकार्य र धार्मिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । साताको अन्त्यमा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): यो साता समय शुभ छ उपयोग गर्नुहोला । बजार घुम्ने अवसर मिल्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग निलो वा खैरो हो । शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
प्रतिक्रिया