Pura Samachar

बंगलादेशमा भएको आम निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी

प्रकाशित: January 8, 2024
पूरा समाचार

बंगलादेशमा भएको आम निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी

पुस २३, २०८० ,ढाका। प्रतिपक्ष दलको बहिष्कार र आलोचनाबीच बंगलादेशमा भएको आम निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी हुनुभएको छ । द डेली स्टारका अनुसार हसिनाको दल अवामी लिगले २ सय २३ सिटमा जित हात पारेको छ । २ सय ९९ सिटका लागि चुनाव भएको थियो । बंगलादेशी जातीय संसद्मा ३ सय ५० सांसद रहने व्यवस्था छ । बाँकी ५० सिट भने महिलाका लागि आरक्षण छुट्याइएको छ । नवगाउँ–२ मा भने स्वतन्त्र उम्मेदवारको मृत्यु भएकाले चुनाव स्थगित गरिएको थियो ।

अवामी लिगपछि स्वतन्त्र उम्मेदवारहरुले धेरै ठाउँमा जित हात पारेका छन् । जितसँगै हसिनाले पांचौ कार्यकाल सम्हाल्नु हुनेछ । उहाँं पहिलो पटक सन् १९९६ मा बंगलादेशको प्रधानमन्त्री बन्नु भएको थियो । त्यसपछि सन् २००९ मा उहां पुनः प्रधानमन्त्री बन्नुभयो । त्यसयता लगातार हसिना बंगलादेशी सत्तामा हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार ६१ क्षेत्रमा विजयी हुँदा बंगलादेशी संसद्मा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको जातीय पार्टीले ११ सिटमा जित हात पारेको छ । बंगलादेशको प्रमुख प्रतिपक्ष दल बंगलादेश नेसनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेको थियो ।बंगलादेशका निर्वाचन अधिकारीहरुले करिब ४० प्रतिशत मत खसेको बताएका छन् । निर्वाचनको सफलतापछि प्रधानमन्त्री हसिनाले तानाशाही व्यवस्था लाद्न सक्ने भन्दै पश्चिमा मुलुकहरुले आलोचना गरिरहेका छ ।

 

प्रतिक्रिया