Pura Samachar

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२९ अकंले बढेर २०७९.७९ बिन्दुमा

प्रकाशित: January 9, 2024
पूरा समाचार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२९ अकंले बढेर २०७९.७९ बिन्दुमा

काठमाडौँ । सेयर बजारमा उत्साहको माहोल बनेको छ । बजारमा दोहोरो अकंको सुधारले लगानीकर्तामा खुसीमो माहोल छाएको छ । प्रायः पुष मसान्तमा सेयर बजारमा सकारात्मक सकेत देखिदैन् । पुस मसान्तमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता पनि आय कर तथा बैंक ब्याजको साँवा र ब्याज तिर्ने दबाबमा रहेका हुन्छन् । यसले पनि बजारमा केहि दबाब पैदा गर्ने गर्दछ । तर यस पटक भने पुष समान्तको प्रभावमा समेत सेयर बजारमा परेको छैन ।

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुन् र सेयर बजारमा प्रति नियामक निकाय लचिलो हुँदा लगानीकर्ताको मनोबल समेत उच्च बनि रहेको छ । बजार घट्दै फेरी बढेर उचाईमा पुग्ने प्रक्रिया हो । यो बेला बजारमा प्रवेश गर्ने नपाएका लगानीकर्ताले मौका छोपेका छन् । अब बजारको लय नै उच्च बिन्दुमा हुने आकंलन भइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२९ अकंले बढेर २०७९.७९ बिन्दुमा बन्द भएको छ । आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.६७ प्रतिशत, विकास बैंक समूहको ५.२१ प्रतिशत, फाइनान्स समूहको ३.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया