Pura Samachar

नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

प्रकाशित: January 10, 2024
पूरा समाचार

नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

काठमाडौं । नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।

एपीएफले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित गरेको हो । यो जितसँगै एपीएफ विभागीय टोली पुलिससँग फाइनलमा भिड्ने भएको छ।

यता दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले आर्काे विभागीय टोली त्रिभुवन आर्मीलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो ।

पुलिसले आर्मीमाथि २५–२१,२५–२३ र २५–१९ को जित निकालेको हो ।

अब बिहीबार हुने फाइनल खेलमा एपीएफ र पुलिसले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो स्थानका लागि आर्मी क्लब र गण्डकीले खेल्नेछन् ।

प्रतिक्रिया