
पुस २६, २०८० काठमाडौं। राष्ट्रिय पुरुष भलिबलको ३४ औं संस्करणको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । सुर्खेतको विरेन्द्रनगरस्थित खुल्लामञ्चको कोर्टमा आज भएको फाइनल खेलमा पुलिसले साविक विजेता नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिका तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो । पुलिसले एपीएफमाथि २५–२२, २५–१९, २५–१८ र २५–२३ को जित निकाल्यो ।
प्रतिक्रिया