Pura Samachar

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

प्रकाशित: January 12, 2024
पूरा समाचार

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

काठमाडौं : पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन्।

शुक्रवार बिहान ९ बजे सिंहदरबार पश्चिम गेट पुगेर राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि अघिल्ला वर्षहरूमा यो दिन सिंहदरबार पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने गरेकी थिइन्।

 

प्रतिक्रिया