Pura Samachar

स्पेनिस सुपर कपको उपाधिका लागि बार्सिलोना र रियल मड्रिडले प्रतिस्पर्धा गर्ने

प्रकाशित: January 12, 2024
पूरा समाचार

स्पेनिस सुपर कपको उपाधिका लागि बार्सिलोना र रियल मड्रिडले प्रतिस्पर्धा गर्ने

एजेन्सी । स्पेनिस सुपर कपको उपाधिका लागि बार्सिलोना र रियल मड्रिडले प्रतिस्पर्धा गर्ने भएका छन् ।

रियलले एथ्लेटिको मड्रिडलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने बार्सिलोनाले ओसासुनालाई हराउँदै फाइन पुगेको हो ।

अब दुई टोलीबीच सिजनको पहिले उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । जसमा दुबै टोलीलाई सिजनको पहिलो उपाधि चुम्ने मौका छ ।

दुई टोलीबीचको फाइनल खेल आइतबार  राति हुनेछ ।

फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । रियादमा हुने फाइनल  खेल आइतबार  राति १२ः४५ बाट सुरु हुनेछ ।

प्रतिक्रिया