
काठमाडौं, २८ पुस । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै छ । एकदिवसीय फर्म्याटमा खेलाइने प्रतियोगिताअन्तर्गत पहिलो दिन तीन फरक फरक स्थानमा तीन खेल हुँदै छन्।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै मुलपानीमा मधेश प्रदेश र कोशी प्रदेशबीच खेल हुने छ भने भैरहवास्थित सिद्धार्थ रङ्गशालामा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश बीच खेल हुने छ । सबै खेल विहान सवा ९ बजेदेखि सुरु हुने छ ।
प्रतिक्रिया