
काठमाडौँ । साताको सुरुवात मै सेयर बजारमा रौनक आएको छ । अधिकांश बैंकहरुले माघमा लागु हुने गरी ब्याजदर घटाएसँगै सेयर बजारमा उत्साहको माहोल बनेको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह नभएपछि बैंकहरुले अझै ब्याजदर घटाउने सम्भावना देखिएको छ । बैंकहरुले समेत ब्याजदर घटाउने आशाले लगानीकर्ता मख्ख भएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार ११ उपसूचकमा हरियाली लागेको छ । आज बैंकिङ समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको १.२४ प्रतिशत, फाइनान्स समूहको १.५५ प्रतिशतले सेयर मुल्य बढेको हो ।
प्रतिक्रिया