Pura Samachar

एएफसी एसियन कप: आज तीन खेलहरु हुदै

प्रकाशित: January 14, 2024
पूरा समाचार

एएफसी एसियन कप: आज  तीन खेलहरु हुदै

काठमाडौं । एएफसी एसियन कप अन्तर्गत आज (आइतबार) बिभिन्न तीन खेलहरु हुने भएका छन् ।

आज हुने पहिलो खेलमा जापानले भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ ।

जापान आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । यता भियतनामको पनि लक्ष्य उही हुनेछ ।

आज नै हुने दोस्रो खेलमा यूएईले हङकङसँग खेल्ने भएको छ । दुई टोलीबीचको खेल राति ८ः१५ बाट सुरु हुनेछ ।

आज हुने अन्तिम खेलमा इरानले प्यालेस्टाइनसँग खेल्नेछ । खेल ११ः१५ बाट सुरु हुनेछ ।

प्रतिक्रिया