Pura Samachar

राहुल गान्धीको कोहिमा यात्रा

प्रकाशित: January 17, 2024
पूरा समाचार

राहुल गान्धीको कोहिमा यात्रा

डा हरिमोहन पोखरेल

कोहिमा /कांग्रेस पार्टीबाट प्रधानमन्त्रीका दावेदार एवं पार्टीका मूल सचिव राहुल गान्धी आज भारत जोडो यात्रा अभियान को क्रममा कोहिमा आएको समाचार प्राप्त भएको छ ।
एउटा विस्वसनीय सुत्रबाट प्राप्त समाचार अनुसार गान्धीले नागाल्याण्ड राज्यमा सामाजिक आर्थिक र राजनीति स्थायीत्वको लागी कांग्रेसले आफ्नो सक्रिय भागेदारी गराउने र स्थिरता ल्याउने छ ।
उनले आईजी खेल मैदान र हाईस्कुलमा पनि सभाको आयोजनामा आफ्नो पार्टीले राज्यलाई नभुलेको र माया पाउने आशा गरे ।
पूर्वान्चलको लागि भारत जोडो अभियान मार्फत आज अपरान्ह इम्फाल मणिपूर पुगेको समाचार छ ।

प्रतिक्रिया