Pura Samachar

न्यु डायमण्डले उपाधिका लागि विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्ने

प्रकाशित: January 18, 2024
पूरा समाचार

न्यु डायमण्डले उपाधिका लागि विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्ने

पोखरा । चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड क्लब चौथो टाइगर कपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमण्ड फाइनलमा पुगेको हो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा पुलिसलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड उपाधि नजिक पुगेको छ ।

न्यु डायमन्डले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१८ ले जित निकाल्दै फाइनल यात्र तय गर्यो ।

अब न्यु डायमण्डले उपाधिका लागि विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

आज नै भएको पहिलो सेमिफाइनल खेलमा आर्मीमाथि पुनरागमन जित निकाल्दै एपीएफ फाइनलमा पुगेको हो ।

प्रतिक्रिया