Pura Samachar

सर्वोच्च अदालतले वीर अस्पतालमा विरामीका लागि खाना र खाजालगायतका सुविधा नखोस्न आदेश

प्रकाशित: January 20, 2024
पूरा समाचार

सर्वोच्च अदालतले वीर अस्पतालमा विरामीका लागि खाना र खाजालगायतका सुविधा नखोस्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले वीर अस्पतालमा विरामीका लागि खाना र खाजालगायतका सुविधा नखोस्न आदेश दिएको छ ।

अधिवक्ता विमल पोखरेलले हालेको रीटमा शुक्रबार भएको सुनुवाईपछि न्यायाधीशद्वय हरि फुयाँल र बालकृष्ण ढकालको इजलासले विरामीको खाना, खाजा र अक्सिनजको सुविधा कटौती नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता पोखरेलले १३७ वर्षदेखि विरामीलाई दिइदै आएको खाना, खाजा र अक्सिजनको बजेट काटेर सरकारले खेलवाड गरेको दाबी गर्दै रिट दायर गर्नुभएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत खाना र खाजाको बजेट घटाएको थियो । विनियोजित बजेट सकिएपछि वीर अस्पतालले विरामीको खाना तथा खाजा सुविधा कटौती गरेको छ ।

वीर अस्पतालको स्थापनादेखि नै गरीब तथा निमुखा विरामीहरुलाई खाना, खाजा, अक्सिजनलगायतको सुविधा दिईदै आएकोमा यस वर्ष पहिलो पटक उक्त सुविधा खोसिएको छ ।

प्रतिक्रिया