Pura Samachar

आईसीसी यु–१९ विश्वकप: पाकिस्तान र इंग्ल्याण्डको फराकिलो जित

प्रकाशित: January 20, 2024
पूरा समाचार

आईसीसी यु–१९ विश्वकप: पाकिस्तान र इंग्ल्याण्डको  फराकिलो जित

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकपअन्तर्गत खेलमा पाकिस्तानले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ ।

सनिवार भएको समूह चरणअन्तर्गत खेलमा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको हो ।

समूह ‘डी’ मा रहेको पाकिस्तानले फराकिलो जितसंगै तालिकामा २ अंक जोडेको छ ।

बफालो पार्क रंगशालामा भएको खेलमा २८५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तान २६.२ ओभरमा अलआउट हुँदा मात्र १०३ रनमा समेतियो ।

अफगानिस्तानका लागि विकेटकिपर नुमन शाहले ३१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोड्दा सोहिल खानले २६ बल खेल्दै २ चौका प्रहार गरेर २० रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, राहिमुल्लाह जुरमतीले ३२ बलमा ३ चौका प्रहार गर्दै २० रन जोड्दै आउट हुँदा हस्सन इसाखिलले २९ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।

यता, खलिल अहमद ४ रनमा रनआउट हुँदा अल्लाह घजन्फर र अरब गुल समान २–२ र जमशिद जदरान १ रनमा आउट भए ।

अफगानिस्तानका अन्य ३ ब्याट्सम्यानले अंकको खाता नै खोल्न सकेनन् ।

अफगानिस्तानले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

पाकिस्तानको जितमा उबैद शाहले ७ ओभर बलिङ गर्नेक्रममा १ मेडन राख्दै २६ रन दिएर सर्वाधिक ४ विकेट लिँदा मोहम्मद जिशानले ५ ओभर बलिङ गर्दै १ मेडनसहित १७ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, अमिर हसन र अहमद हसनले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २८४ रन जोड्यो ।

पाकिस्तानका लागि ओपनर ब्याट्सम्यान शाहजैब खानले १२६ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक १०६ रनको शतकिय पारी खेल्दा कप्तान तथा विकेटकिपर साद बैगले ५२ बल खेलदै ३ चौका र ४ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, मोहम्मद रियाज उल्लाहले ४९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रन जोडेर आउट हुँदा उबैद शाहले १२ बलमा ३ छक्का प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किए ।

यता, अर्का ओपनर ब्याट्सम्यान स्यामयल हुसेनले ३२ बलमा २ चौका प्रहार गर्दै १७ रन जोड्दै आउट हुँदा अहमद हसन र अराफत मिनहासले समान ८–८, अजान अबैसले ५, मोहम्मद जिशानले ४ रन जोड्दै पेविलियन फर्किए ।

अमिर हुसेन भने १ रनमा अविजित रहे ।

पाकिस्तानले अतिरिक्त रुपमा १२ रन जोड्यो ।

अफगानिस्तानका लागि खलिल अहमदले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ५१ रन दिएर ४ विकेट लिँदा बशिर अहमदले १० ओभर बलिङ गर्नेक्रममा १ मेडन राखेर ५२ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, कप्तान नासेर खान र अल्लाह घजन्फरले १–१ विकेट लिए ।

त्यस्तै अर्को खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामा भइरहेको आईसीसी यु–१९ विश्वकपअन्तर्गत समूह चरणको खेलमा स्कटल्याण्डमाथि सहज जित निकालेको छ ।

सनिवार भएको यु–१९ विश्वकप खेलमा इंग्ल्याण्डले स्कटल्याण्डमाथि ७ विकेटको सहज जित निकालेको हो ।

सहज जितसंगै समूह ‘बी’ मा रहेको इंग्ल्याण्डले २ अंक जोडेको छ ।

सिनवेस पार्क रंगशालामा भएको खेलमा १७५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले २६.२ ओभरमा ३ विकेट गुमाउँदै १७८ रन जोड्यो ।

इंग्ल्याण्डको जितमा कप्तान बिन म्याककिन्नेले ६८ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ८८ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान जेडिन डेन्लीले ५० बल खेल्दै ३ चौका प्रहार गरेर ४० रन जोड्यो ।

त्यस्तै, नोआह थाइनले २८ बलमा २ चौका प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किदा लुक बेनकेनस्टेइन ११ र हाम्जा शेख ६ रनमा अविजित रहे ।

इंग्ल्याण्डले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

स्कटल्यमण्डका लागि इब्राहिम फैसलले ५ ओभर बलिङ गर्दै ३० रन दिएर २ विकेट लिँदा अदि हेड्जेले ५.२ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४९.२ ओभरमा अलआउट हुँदै १७४ रन जोड्यो ।

स्कटल्याण्डका लागि कप्तान तथा विकेटकिपर ओवेन ग्वेन थोमस गुल्डले ६१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४८ रन जोड्दा ओपनर ब्याट्सम्यान जेमी डंकले ७० बल खेल्दै ३ चौका प्रहार गरेर ४० रन जोड्दै आउट भए ।

त्यस्तै, लोगान ब्रिग्सले ४५ बलको सामना गर्दा १८ रन जोड्दै आउट हुँदा म्याकेन्जाई जोन्सले २५ बल खेल्दै १ चौका मद्दतमा १३ रन जोडेर पेविलियन फर्किए ।

यता, उजैर अहमदले २५ बलमा १ चौका प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा इब्राहिम फैसल ५, रुआरिध म्याकइन्ट्रे ४, अदि हेड्जे ३ र बाहदर इसाखिल शुन्य रनमा पेविलियन फर्किए ।

क्वासिम खान भने ५ रनमा अविजित रहे ।

स्कटल्याण्डले अतिरिक्त रुपमा २६ रन जोड्यो ।

स्कटल्याण्डलाई सस्तैमा अलआउट गर्न इंग्ल्याण्डका लागि फरहान अहमेदले १० ओभर बलिङ गर्नेक्रममा २ मेडन राख्दै २२ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, लुक बेनकेनस्टेइनले १० ओभर बलिङ गर्दै ४१ रन दिएर ३ विकेट लिँदा सेबास्टाइन मोर्गान, डोमिनिक केइली र जेडिन डेन्लीले समान १–१ विकेट लिए ।

प्रतिक्रिया