Pura Samachar

रियल ५१ अंकमा स्पेनी ला लिगामा दोस्रो स्थानमा

प्रकाशित: January 22, 2024
पूरा समाचार

रियल ५१ अंकमा स्पेनी ला लिगामा दोस्रो स्थानमा

काठमाडौँ — रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा आल्मेरियामाथि उत्कृष्ट पुनरागमन जित रचेको छ । उसले दुई गोलले पछाडि रहेको स्थितिमा आल्मेरियालाई ३–२ ले हराएको हो ।

लिगमा जितहीन रहेको आल्मेरियाले बर्नाबाउमा अविश्वसनीय रूपमा २–० को अग्रता लिएको थियो । त्यसयता रियलका लागि जुड वेलिङघम, भिनिसियस जुनियर र डानी कारभाजानलले गोल गरे ।

रियल ५१ अंकमा दोस्रो स्थानमा छ । शीर्षमा रहेको गिरोनाको ५२ अंक छ र उसले अर्को खेलमा सेभियालाई ५–२ ले हरायो । यस्तै बार्सिलोनाले रियल बेटिसमाथि ४–२ को जित रच्यो । बार्सिलोना ४४ अंकमा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया