
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीका विषयमा आफूमाथि विभिन्न आरोप लागेपछि पत्रकार सम्मेलन गरेर त्यसबारे बोल्ने तयारी गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो जानकारी दिएका हुन ।
‘गाली गर्न कोही छुट्नु भो किरु छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोहि ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’ उनले फेसबुकमा लेखेका छन् ।
प्रतिक्रिया