Pura Samachar

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको बाल स्वरुपको मूर्तिको प्राण प्रतिष्ठा गरियाे

प्रकाशित: January 22, 2024
पूरा समाचार

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको बाल स्वरुपको मूर्तिको प्राण प्रतिष्ठा गरियाे

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको बाल स्वरुपको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ।

धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवम् वैदिक विधि विधानमार्फत् मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए।

प्राण प्रतिष्ठा लगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।

भारतीय राज्य उत्तर प्रदेशको अयोध्यामा मन्दिर निर्माण गरिएको हो।

प्रतिक्रिया