
शिद्धार्थ रंगशालामा पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याएको एपीएफले ३४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८७ रन बनायो ।
एपीएफका लागि सन्दीप जोराले नट आउट २५ रनको योगदान गरे । त्यस्तै अमर राउटेलाले २३ रन बनाउँदा पवन सर्राफले १३ रन बनाउ ।
पुलिसका लागि ललित राजवंशीले पाँच विकेट लिए । त्यस्तै राशिद खानले दुई विकेट लिँदा सागर ढकालले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४५ रन बनायो ।
पुलिसका लागि दिलिप नाथले सर्वाधिक ४४ रन बनाए । त्यस्तै अर्जुन साउदले ३१ रन बनाउँदा शंकर रानाले २२ रनको योगदान गरे ।
एपीएफका लागि भुवन कार्कीले तीन विकेट लिँदा अमर राउटेला र रमेश कुर्मीले दुई–दुई विकेट लिए ।
प्रतिक्रिया