
काठमाडौं । लेबनानलाई २–१ ले हराउँदै ताजकिस्तानले एएफसी एसियन कपको अन्तिम १६ मा स्थान बनाएको छ । एसियन कपमा पहिलो पटक सहभागी भएको ताजकिस्तानले सानदार प्रदर्शन गर्दै कीर्तिमान बनाएको हो ।
ताजकिस्तानको जितपछि चीन र लेबनानको अन्तिम १६ मा पुग्ने सम्भावना सकिएको छ । समूह ‘ए’ मा तीन खेलबाट सतप्रतिशत जितसहित कतार शीर्ष स्थानमा रह्यो । ताजकिस्तानको चार अंक भएको छ । दुई अंकको चीन र एक अंकको लेवनान बाहिरिएका छन् ।
ताजकिस्तानले पहिलो खेलमा चीनसँग गोलरहित बराबरी खेलेको थियो । कतारसँग १–० ले पराजित भएको हो ।
जसिम बिन हमाद मैदानमा सोमबार राति ताजकिस्तानले पुनरागमन जित निकालेको हो । बसिल ज्रादीको गोलबाट लेवनानले ४७औं मिनेटमा अग्रता बनाएको थियो ।
तर, ५६औं मिनेटमा कसिम अल जाइनले रातो कार्ड बेहोरेपछि लेवनान १० खेलाडीमा सिमित भयो । जसको फाइदा ताजकिस्तानले उठाएको हो ।
खेलको ८०औं मिनेटमा पार्भिज्होन उमारबाइभले बराबरी गोल गरे । १२ मिनेटको इन्जुरी समयमा दोस्रो मिनेटमै जुरिद्धिन खाम्रोकुलोभले विजयी गोल गरेका हुन् ।
प्रतिक्रिया