Pura Samachar

आहा रारा पोखरा गोल्डकप : त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार एफसीबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: January 24, 2024
पूरा समाचार

आहा रारा पोखरा गोल्डकप : त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार एफसीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आहा रारा पोखरा गोल्डकप २०८० को दोस्रो खेलमा आज (बुधबार) विभागीय टोली त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउसो दुई बजे पोखरा रंगशालामा हुनेछ । आर्मी उपाधि जित्ने लक्ष्यसहित पोखरा पुगेको छ । मेघराज केसीको प्रशिक्षणमा रहेको आर्मीको कप्तानी भरत खवासले गर्नेछन् ।

टोलीमा राष्ट्रिय टोलीका सदस्यहरु जिलेस्पीजंग कार्की, दिनेश हेम्जन, विकेश कुथु लगायत आर्मीमा हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा थ्री स्टार क्लबले आयोजक सहारा क्लबलाई २–१ ले हराएको थियो । यो हारसँगै आयोजक सहारा पहिलो खेलबाटै बाहिरिएको छ । थ्री स्टारले सेमिफाइनल प्रवेशको लागि भुटानको पारो एफसीसँग खेल्नेछ ।

प्रतिक्रिया