
काठमाडौं । सेनेगल र क्यामरुन समूह ‘सी’ बाट अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
समूह सी मा सेनेगलको तीन खेलबाट ९ अंक छ । टोलीले सतप्रतिशत जित निकाल्दा आठ गोल गरेको छ भने एक गोलमात्रै बेहोर्याे ।
क्यामरुन भने भाग्यशाली रह्यो । समान चार अंक भएपनि गिनीलाई गोलअन्तरमा पछि पारेको हो । गाम्बिया अंकविहिन हुँदै घर फर्किएको छ ।
पाँच पटकको च्याम्पियन क्यामरुनले समूहको अन्तिम खेलमा गाम्बियालाई ३–२ ले हरायो । अन्तिम खेलमा सेनेगलले गिनीलाई २–० ले हराएको हो ।
प्रतिक्रिया