
काठमाडौं । आईसिसी यु–१९ पुरुष एकदिवसीय विश्वकपकमा आज पाँच खेल हुँदैछन् ।
साविक दुई पटकको विजेता पाकिस्तान र नेपालबीच प्रतिस्पर्धा हुँदैछ । खेल बफालो फार्कमा दिउसो पौने दुई बजे सुरु हुनेछ ।
देव खनालको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।
साद बाइगको कप्तानीमा पाकिस्तान भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
नेपाल र पाकिस्तानबीच दुई पटक प्रतिस्पर्धा भएको थियो । न् २००२ मा भएको भेटमा नेपाल ३० रनले विजयी भएको हो । सन् २०१६ को पछिल्लो भेटमा पाकिस्तान १२२ रनले विजयी भएको थियो ।
अफगानिस्तानले भने लगातार दोस्रो हार बेहोरिसकेको छ । समूह ‘डी’ मा लगातार दुई खेलबाट चार अंक जोडेको न्युजिल्यान्ड शीर्ष स्थानमा छ ।
प्रतिक्रिया