
काठमाडौं : आहा–रारा पोखरा गोल्डकप फुटबलमा बिहीबार मच्छिन्द्र क्लब र जावलाखेल युथ क्लब भिड्दैछ।
खेल दिउँसो २ बजे पोखरा रंगशालामा शुरु हुनेछ। दुवै टिम पहिलो खेल खेल्न लागेका हुन्। प्रतियोगिताको २३औं संस्करणसम्म आइपुग्दा दुवै टिम उपाधिविहीन छन्।
मच्छिन्द्रले ५ र जावलाखेल युथ क्लबले तीन पटक प्रतियोगितामा भाग लिएका छन्। तर, कुनै पनि संस्करणमा दुवै टिम अहिलेसम्म भिडेका छैनन्। बिहीबारको विजेताले सेमिफाइनल प्रवेशका लागि १५ माघमा मनाङ मर्स्याङ्दीको सामना गर्नेछ।
यसअघि बुधबारको खेलमा नवप्रवेशी राइजिङ स्टार क्लबलाई १–० गोलले पराजित गर्दै त्रिभुवन आर्मीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो। आर्मीको जितमा भरत खवासले निर्णायक गोल गरेका थिए।
प्रतिक्रिया