
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेर एक लाख १८ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजाबी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया