
काठमाडौं । आहारारा पोखरा गोल्डकपमा आजदेखि क्वार्टरफाइनलका खेल हुने भएका छन् । आजदेखि सुरु हुने पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एफसीबीच प्रतिष्पर्धा हुने छ ।
पोखरा रङ्गशालामा खेल दिउँसो साढे २ बजे हुने छ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–० ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा पुगेको हो । भुटानी क्लब पारो भने बाइ पाएर सीधै क्वार्टरफाइनल पुगेको हो ।
भुटानी लिग विजेता क्लब पारोको पोखरा गोल्डकपमा पहिलो सहभागिता हो । आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । आज जित्ने टोलीले माघ १७ गते जावलाखेल र मनाङमस्र्याङ्दीमध्ये एउटासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया