Pura Samachar

विश्व कीर्तिमानी गीतकार डा. डी.आर उपाध्यायलाई एकै दिन भारतमा तीन सम्मान अर्पण

प्रकाशित: January 27, 2024
पूरा समाचार

विश्व कीर्तिमानी गीतकार डा. डी.आर उपाध्यायलाई एकै दिन भारतमा तीन सम्मान अर्पण

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायलाई एकै दिन भारतमा तीन सम्मान अर्पण गरिएको छ । उहाँलाई भारतीय गणतन्त्र दिवसको अवसर पारेर सम्मान गरिएको हो । डा. उपाध्यायलाई फरइभर स्टार बुक अफ वल्र्ड रेकर्ड, इण्डियन स्टार बुक अफ रेकर्ड र होप वल्र्ड रेकर्डले एकै दिन सम्मान गरिएको हो ।

डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान राख्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् । डा. उपाध्यायले केही दिनअघि आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी गराउनुभएको थियो ।
?fbclid=IwAR0pDbdr6vbG07JGBxxpgMGcKlpetDkRIBKgbcZd87k_sUD4kTTf6fBdAjY

प्रतिक्रिया