Pura Samachar

थ्रीस्टार क्लब रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा

प्रकाशित: January 27, 2024
पूरा समाचार

थ्रीस्टार क्लब रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा

काठमाडौं, १३ माघ । थ्रीस्टार क्लब पोखरामा जारी २३औं आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शजिबार भएको खेलमा भुटानको पारो एफसीलाई २-० गोलअन्तरले हराउँदै थ्रीस्टार अन्तिम चारमा पुगेको हो ।

थ्रीस्टारको जीतमा अतिरिक्त समयमा आशिष चापागाईले दुई गोल गरे । उनले अतिरिक्त समयको दोस्रो हाफको ११४औं मिनेट र ११९औं मिनेटमा गोल गर्दै टोलीलाई अगाडि बढाए ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयतिर दुई गोल गर्दै थ्रीस्टार छैंटौं उपाधि जित्‍न थप एक कदम अगाडि बढ्यो ।

यता आमन्त्रित क्लब भुटानको पारो एफसी भने पहिलो सहभागिताको पहिलो खेलमै स्तब्ध बन्यो । आहा रारा पोखरा गोल्डकपमा पहिलोपटक सहभागी भएको पारोले सिधै वाइ पाएर क्‍वाटरफाइनल खेलेको थियो ।

थ्रीस्टारले अब फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीचको विजेतासँग खेल्ने छ । भोलि दोस्रो क्‍वाटरफाइनलमा संकटा क्लब र त्रिभुवन आर्मी बीच खेल हुने छ ।

प्रतिक्रिया