Pura Samachar

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

प्रकाशित: December 24, 2020
पूरा समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना छ । यसअघि बुधबारको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

संसद विघटनविरुद्ध आन्दोलन गर्ने सवालमा कांग्रेसभित्र मतभेद छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद विघटन असंवैधानिक भएकाले तत्काल सशक्त आन्दोलनमा जानुपर्नेमा जोड दिएको छ । तर, सभापति शेरबहादुर देउवा भने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला नआउन्जेल कुर्नुपर्ने पक्षमा छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकले संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ । उहाँले प्रदर्शनको मिति र कार्यक्रम आज (बिहीबार) बस्ने बैठकले तय गरेर सार्वजनिक गरिने पनि बताउनुभयो । ‘संसद् विघटन अलोकतान्त्रिक, असंवैधानिक कदम हो । यसविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको छ,’ प्रवक्ता शर्माले भन्नुभयो, ‘प्रदर्शनको मिति बिहीबार बस्ने बैठकबाट तय गर्छौं ।’

प्रतिक्रिया