
डा हरिमोहन पोखरेल
कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार मणिपूर राज्यमा सहीद दिवस पालन गरेको खबर छ ।

प्रेसले प्राप्त गरेको समाचार अनुसार राज्यका महामहिम राज्य पाल सुश्री अनुसुया उकी एवं मुख्यमन्त्री एन विरेनले इम्फाल स्थित महात्मा गान्धीको मुर्तिमा पुष्प अर्पित गरे ।
उनीहरूले सर्वधर्म सभामा भाग लिएर राम नामको जाप पनि गरे ।
बाल मुकुन्द देव म्युजिक कलेजका विद्यार्थीहरुले प्रस्तुत गरेको भजनले सबैलाई मन्त्रमुग्ध बनाएको थियोे ।
सभामा आफ्नो वक्तव्य प्रस्तुत गर्दै महामहिम राज्यपालले भनिन कि हामीले महात्मा गान्धीले हिड्ने सत्यको बाटो कहिले पनि भुल्नु हुँदैन ।
उनले अगाडि भनिन कि आजको युगमा सत्य द्वारा सन्सार जित्न सकिन्छ ।
प्रतिक्रिया