काठमाडौं: आहा–रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे शुरु हुनेछ।
यो खेल जित्ने टोलीले शनिबार हुने फाइनल खेलमा थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
क्वार्टरफाइनलमा संकटालाई हराएर आर्मी सेमिफाइनल पगेको हो। नेपाल पुलिसलाई हराएर चर्च ब्वाइजले आर्मीसँगको भेट पक्का गरेको हो।
२३औँ संस्करणको आहा–रारा पोखरा गोल्डकपको विजेताले १२ लाख एक हजार रुपैयाँ हात पार्नेछ। उपविजेताले ६ लाख एक हजार पुरस्कार पाउने छ।













प्रतिक्रिया