
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेको छ । शुक्रबार बिहान संसद् विघटनविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् । देशभर पार्टीको मूल स्वरुपमा कुनै परिवर्तन नभएको उनीहरुको भनाइ छ । संसद् विघटनपछि नेकपा दुई समूहमा देखिएको छ । दुवै समूहले आफू आधिकारिक भएको दाबी गरिरहेका छन् ।
केन्द्रीय सदस्य संख्याको आधारमा ओली समूह अल्पमतमा छ । दुवैपक्षले आ-आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । नेकपाका दुवै समूहले आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया