Pura Samachar

यू -१९ एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने

प्रकाशित: February 6, 2024
पूरा समाचार

यू -१९ एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने

काठमाडौँ : यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलका खेल आज शुरु हुने भएका छन्।

दक्षिण अफ्रिकाको विलोमूर पार्क, बेनोनीमा नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे हुने पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ। ​भोलिको खेलको विजेता फाइनलमा पुग्नेछ।

बिहीवार हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीच हुने प्रतिस्पर्धामा विजयी टोलीले उपाधिका लागि पहिलो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

यू-१९ एकदिवसीय विश्वकपको फाइनल खेल भने आगामी आइतवार हुनेछ।

समूह ए बाट भारत र पाकिस्तान अपराजित रहँदै सेमिफाइनल पुगेका हुन् भने समूह बी बाट अष्ट्रेलिया र दक्षिण अफ्रिका अन्तिम ४ मा पुगेका हुन्।

प्रतिक्रिया