Pura Samachar

कोहिमामा चिसो बढी भएको ,हावा चलेको खबर

प्रकाशित: February 6, 2024
पूरा समाचार

कोहिमामा चिसो बढी भएको ,हावा चलेको खबर

डा हरिमोहन पोखरेल

कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा र अन्य स्थानहरुमा निरन्तर रूपमा पानी परेकाले चिसो बढी भएको र रातभरि हावा हुण्डरी चलेको खबर छ ।
मौसम विभागले जनाए अनुसार आगामी केही दिन सम्म पानी लगातार पर्ने र चीसोको मात्रामा बढी हुनेछ ।
अर्कोतिर भने रातभरि हावा हुण्डरी चलेकोले सामान्य जनतामा त्राही -त्राही भएको खबर छ ।
विभिन्न स्रोतबाट पाएको खबर अनुसार हावा चलाई र चीसोले गर्दा ग्वालाहरुलाई भने निकै मुस्किल परेको खबर छ ।
रातभर हावा र हुण्डरी चलेकोले जान र मालको नुक्सानी भएको खबर त पाएको छैन भने जनताम एक प्रकारको त्रास छ ।
खेती -किसानी गर्नेहरु प्रति खुशीको माहोल छ भने जाडोले सबैतिर सताएको सुन्नमा आएको छ ।

प्रतिक्रिया