Pura Samachar

बार्सिलोनाकाे सहज जित

प्रकाशित: February 25, 2024
पूरा समाचार

बार्सिलोनाकाे सहज जित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबमा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा गेटाफेलाई ४–० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाका राफिन्हा, जोआओ फेलिक्स, फ्राङ्कलिङ डि जोङ र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए । पहिलो हाफको खेल १–० गोलमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

यो जितसँगै बार्सिलोना २६ खेलबाट ५७ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको गेटाफे ३४ अंकसहित दशौँ स्थानमा छ ।

शीर्षस्थानको रियल मड्रिडले २५ खेलबाट ६३ अंक जोडेको छ भने तेस्रो स्थानको जिरोनाका ५६ अंक छ ।

प्रतिक्रिया