Pura Samachar

रियल मड्रिडकाे स्पेनिस लिगमा ८ अंकको अग्रता

प्रकाशित: February 26, 2024
पूरा समाचार

रियल मड्रिडकाे स्पेनिस लिगमा ८ अंकको अग्रता

काठमाडौं । रियल मड्रिडले स्पेनिस लिग फुटबलमा सेभिल्लालाई हराएको छ ।

आईतबार घरेलु मैदानमा रियलले सेभिल्लालाई १–० गोल अन्तरले हराएको हो ।

रियलको जितमा खेलको ८१ औं मिनेटमा विजयी गोल गरे ।

जित सहित रियल मड्रिडले स्पेनिस लिगमा ८ अंकको अग्रता लिएको छ ।

लगातार तेस्रो खेलमा जुड बेलिङ्घम रियलको टिममा अनुपस्थित रहेका थिए । लुकास भाजक्वेजको पहिलो गोललाई रेफ्रीले अस्विकार गरेका थिए ।

दोस्रो स्थानको बार्सिलोनाको ५७ अंक छ । शीर्ष स्थानको रियल मड्रिडको ६५ अंक छ । तेस्रो स्थानको जिरोनाको ५६ अंक छ ।

सेभिल्ला २४ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।

प्रतिक्रिया