Pura Samachar

मानेभन्ज्याङ्ग एफसी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

प्रकाशित: February 26, 2024
पूरा समाचार

मानेभन्ज्याङ्ग एफसी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । मानेभन्ज्याङ्ग एफसी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार दिल्ली एफसीलाई ३–१ लाई हराउँदै मानेभन्ज्याङ्ग एफसी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

मानेभन्ज्याङ्गले फाइनल प्रवेशका लागि मछिन्द्र र नेपाल पुलिस क्लबबीचको विजोसँग खेल्ने छ ।

खेलमा अग्रता दिल्लीले २७ औं मिनेटमा आर्यन अमलाको गोलमा लिएको थियो । खेलको ३५ औं मिनेटमा एन्सेट जिनबुमीले बराबरी गोल फर्काए ।

पहिलो हाफ सकिन ६ मिनेटअघि सोरुखले मानेभन्ज्याङ्गको अग्रता २–१ ले बढाए । दोस्रो हाफको ७४ औं मिनेटमा सेभिलीले गोल गर्दै मानेभन्ज्याङ्गको जित निश्चित गरेका थिए ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा दुई विदेशी सहित १० टिम सहभागी छन् ।

प्रतिक्रिया