Pura Samachar

नेपालले नामिबियालाई तीन रनले हरायाे

प्रकाशित: March 1, 2024
पूरा समाचार

नेपालले नामिबियालाई तीन रनले हरायाे

काठमाडौं- अन्तर्राष्ट्रिय टि–२० त्रिकोणात्मक श्रृंखलाअन्तर्गतको खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा रोमाञ्चक खेलमा नेपालले नामिबियालाई पराजित गरेको हो।

खेलको अन्तिम ओभरमा नामिबियाका ब्याटरलाई तीन रन बनाउन रोक्दै नेपालले जित हासिल गरेको हो।

यो जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना कायमै रहेको छ।

जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रनमात्रै बनाउनसक्यो।

नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन बनाए। त्यस्तै जान फ्रलिङ्ककले ३७, जेपी केट्जेले २५, माइकल मान लिङ्गेनले १०, जान ग्रिनले अविजित २३ र रुवेन ट्रम्पलम्यानले १४ रन बनाए।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र करण केसीले २–२ विकेट लिए। अविनाश बोहराले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८० रनाएको थियो।

नेपालका लागि अर्धशतकीय इनिङ खेल्दै कुशल मल्लले ५५ रन बनाए।

यस्तै आरिफ शेखले ३१, गुलशन झाले २६, अनिल साहले २३, दीपेन्द्रसिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १० र करण केसीले ७ रन बनाए।

प्रतिक्रिया