Pura Samachar

नेपाललाई बंगलादेशले २–० ले हरायाे

प्रकाशित: March 2, 2024
पूरा समाचार

नेपाललाई बंगलादेशले २–० ले हरायाे

काठमाडौं । यू–१६ साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग हार ब्यहोरेको छ ।

शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई बंगलादेशले २–० ले हराएको हो ।

बंगलादेशको जितमा सौरभी प्रितीले दुवै गोल गरिन् ।

खेलको २५ औं मिनेटमा उनले बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिईन् । पेनाल्टीमार्फत ३१ औं मिनेटमा उनले बंगलादेशका लागि दोस्रो गोल गरिन् ।

नेपालकी गोलकिपर झरना डुम्राकोटीले बंगलादेशकी अल्पी अख्तेरलाई डिबक्सभित्र लडाँएपछि पाहुना टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसमा बंगलादेशी कप्तानले सहजै गोल गरिन् ।

साफको उमेर समूहको महिला प्रतियोगितामा बंगलादेश, भुटान, भारत र नेपाल सहभागी छन् ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

प्रतिक्रिया