Pura Samachar

श्रीलंकामाथि सहज जित निकाल्दै बंगलादेशले टि–२० आई सिरिजलाई बराबरीमा

प्रकाशित: March 6, 2024
पूरा समाचार

श्रीलंकामाथि सहज जित निकाल्दै बंगलादेशले टि–२० आई सिरिजलाई बराबरीमा

एजेन्सी । श्रीलंकामाथि सहज जित निकाल्दै बंगलादेशले टि–२० आई सिरिजलाई बराबरीमा ल्याएको छ ।

बुधवार भएको खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकामाथि ८ विकेटको सहज जित निकाल्दै सिरिजलाई १–१ को बराबरीमा ल्याएको हो ।

योसंगै ३ खेलको टि–२० सिरिजको आगामी खेल निर्णायक हुने भएको छ ।

बंगलादेशको सेलहेटस्थित सेलहेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १६६ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोलीले १८.१ ओभरमा मात्र २ विकेट गुमाउँदै १७० रन जोड्यो ।

बंगलादेशको जितमा कप्तान नाजिमुल हुसेन शान्तोले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५३ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विकेटकिपर लिटन दासले २४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, तौहिद हृदयले २५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३२ रन जोडेर अविजित रहँदा सौम्य सरकारले २२ बल खेल्दै ५ चौका प्रहार गरेर २६ रन जोड्दै पेविलियन फर्किए ।

बंगलादेशले अतिरिक्त रुपमा २३ रन जोड्यो ।

श्रीलंकाका लागि माथिशा पाथिराणाले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १६५ रन जोड्यो ।

श्रीलंकाका लागि कामिन्दु मेन्डिसले २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३७ रन जोडेर रनआउट हुँदा विकेटकिपर कुशल मेन्डिसले २२ बल खेल्नेक्रममा २ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, अंगेलो म्याथ्युजले २१ बलमा ४ चौका प्रहार गर्दै ३२ रन जोडेर अविजित रहँदा कप्तान चरिथ असलंकाले १४ बल खेल्नेक्रममा १ चौका र ३ छक्का प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किए ।

यता, दासुन शनाकाले १८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर अविजित रहँदा सदिरा समराविक्रमाले ७ र अभिषेका फेर्नान्डो शुन्य रनमा पेविलियन फर्किए ।

श्रीलंकाले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

बंगलादेशका लागि तास्किन अहमेद, माहिदी हसन, मुस्ताफिजुर रहमान र सांम्य सरकारले समान १–१ विकेट लिए ।

प्रतिक्रिया