Pura Samachar

सुनको भाउ नयाँ रेकर्ड कायम

प्रकाशित: March 7, 2024
पूरा समाचार

सुनको भाउ नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको भाउले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । तीन दिनदेखि लगातर वृद्धि भएको सुन आज पनि प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख २५ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगिएको छ, जसले नेपालमा पनि दैनिक वृद्धि भएको हो ।साताको पाँचौं कारोबार दिनका लागि तेजावी सुनको भाउ भने १ लाख २४ हजार ४०० रुपैयाँ तोकिएको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ४७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया