Pura Samachar

आज सुनको भाउ स्थिर

प्रकाशित: March 8, 2024
पूरा समाचार

आज सुनको भाउ स्थिर

काठमाडौँ-   नेपाली बजारमा आज छापावाल सुनको भाउ साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर  प्रतितोला एक लाख २५ हजार रुपैयाँमा काराेबार भइरहेको छ।

तेजाबी सुनको भाउ प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी भने प्रतितोला एक हजार ४७० रुपैयाँमा काराेबार भइरहेको छ।

बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया