Pura Samachar

जिरोनाकाे ओसासुनामाथि सहज

प्रकाशित: March 10, 2024
पूरा समाचार

जिरोनाकाे ओसासुनामाथि सहज

एजेन्सी । स्पेनिस ला लिगामा जिरोनाले ओसासुनामाथि सहज जित निकलेको छ ।

सनिवार राति भएको खेलमा जारी सिजन उच्च लयमा रहेको जिरोनाले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी ओसासुनामाथि २–० को जित निकालेको हो ।

जिरोनाको घरेलु मैदान म्युनिसिपल दि मोन्टिलिभी रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा पोर्टु र साभियोले गोल गरे ।

खेल सुरु भएको १३ औं मिनेटमा भिक्टर स्याहान्कोभको पासमा पोर्टुले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ८६ औं मिनेटमा एलेक्स गार्सियाको पासमा साभियोले गोल थप्दा जिरोना २–० ले विजयी भयो ।

सहज जितसंगै जिरोनाले २८ खेलमा ६२ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

पराजित ओसासुनाको समान २८ खेलमा ३५ अंकसहित तालिकाको १० औं स्थानमा रहेको छ

प्रतिक्रिया